भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम | Khabarhub Khabarhub

भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीततर्फ कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१-८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत ३५ लाख विनियोजन गरेको छ ।

दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने ४२४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार ८०० सम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिए ।

पालिकाका ४५१ जना कृषकले दुई हजार ५१० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । उक्त जग्गामा करिब २५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।

समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा ५०९ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिए । यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ तोकेको छ ।

सो गाउँपालिकामा आर्थिक वर्ष २०८०-८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१-८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ बनाएर सञ्चालन गरेको हो ।

रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि ३५ लाख विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवद्र्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : २९ बजे

‘आउटल : दफा २१९’को चार दिनको व्यापार : दुई करोडमाथि रहेको निर्माण पक्षको दाबी

काठमाडौं – गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

मान्म– ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना

स्वास्थ्य मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय

स्ववियु चुनाव : चर्चित क्याम्पसमै तालाबन्दी (भिडियो)

काठमाडौं– प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण गर्ने मिनी इलेक्सनका रूपमा