कालीमाटी तरकारी बजारको ब्रो काउलीमा विषादी भेटियो  « Khabarhub

कालीमाटी तरकारी बजारको ब्रो काउलीमा विषादी भेटियो 


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको ब्रो काउलीमा विषादी फेला परेको छ ।  

भक्तपुरबाट ल्याइएको ब्रो काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।  बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । 

यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १ : ५८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६