प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासङ्घको घोषणापत्र हस्तान्तरण « Khabarhub

प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासङ्घको घोषणापत्र हस्तान्तरण


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रूपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए । 

महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ५८ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक