युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने  « Khabarhub

युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनबारे वार्ता गर्न लागेको बताएका छन् । 

अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच साउदी अरबमा भएको वार्तापछि ट्रम्पको भनाइ आएको छ । युक्रेनले साउदी अरबमा सम्पन्न बैठकपछि अमेरिकाको ३० दिने युद्ध विरामको प्रस्तावमा सहमति जनाएको छ । 

‘मलाई लाग्छ कि हामी जमिनको मुद्दामा कुराकानी गर्छौँ । किनकि तपाईँहरू जान्नुहुन्छ कि युद्ध सुरु भएपछि अहिलेसम्म धेरै ठूलो परिवर्तन आइसकेको छ । हामी ऊर्जा संयन्त्रका बारेमा पनि छलफल गर्छौँ,’ ट्रम्पले भनेका छन् ।  

अमेरिका पछिल्लो केही समयदेखि रूस र युक्रेनबीच युद्ध विराम गराउन प्रयासरत छ । जनवरी २०२५ मा राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेका छन् । 

त्यसयता उनले रूसी राष्ट्रपति पुटिनसँग एक पटक कुराकानी गरिसकेको छ । भोली हुने भनिएको दुई राष्ट्रपतिबीचको कुराकानी दोस्रो पटक हो । –बीबीसीबाट

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : ४७ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या