प्रहरी महानिरीक्षक कुँवरको बिदाइ | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका छन् ।

आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तिपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । 

सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी सङ्गठन प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा रही मुलुकका लागि पुर्‍याएको योगदानको प्रशंसा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए। 

आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समयानुकूल आधुनिकिकरण, साङ्गठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त अभिभावकत्व, हौसला र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरे । 

महानिरीक्षक कुँवर भोलिबाट सेवा निवृत्त हुन लागेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : २३ बजे

एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै

काठमाडौं– एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं– संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले

पोखरा उच्च बारमा ४ संगठनको सहमति, अध्यक्षमा शालिग्राम भट्टराईको एकल उम्मेदवारी 

पोखरा – पोखरा उच्च अदालत बार एसोसिएसनमा सहमतिबाट नेतृत्व चयन

सिफलमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज

गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु

एजेन्सी– इजरायली सेनाले मंगलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको