‘आउटल : दफा २१९’को चार दिनको व्यापार : दुई करोडमाथि रहेको निर्माण पक्षको दाबी « Khabarhub

‘आउटल : दफा २१९’को चार दिनको व्यापार : दुई करोडमाथि रहेको निर्माण पक्षको दाबी


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट अपेक्षित साथ पाएको निर्माण पक्षको दाबी छ ।

यस फिल्मले प्रदर्शनको सुरुवाती चार दिनमा दुई करोड तीन लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको हो।

फिल्मका निर्माता अमित अग्रहरीले बिहीबार, शुक्रबार, शनिबार र आइतबारको ग्रस कलेक्सन उक्त रकम बराबर भएको दाबी गरे ।

फिल्मका नायक सुशिल श्रेष्ठले पनि सामाजिक सञ्जालमा फिल्मले दुई करोडभन्दा बढी कलेक्सन गरेको दाबी गरेका छन् ।

नायक श्रेष्ठले लेखेका छन्, ‘दर्शकहरूको अपार माया र समर्थनले आउट ल : दफा २१९ नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाउँदैछ !’

यो फिल्म सोमबार पाँचौ दिनमा प्रदर्शनरत छ । नायक श्रेष्ठसहित नरेश पौडेल, शिक्षा संग्रौला प्रमुख भूमिकामा छन् ।

सामाजिक कथामा एक्सन मिश्रण गरी निर्माण भएको यस फिल्मले न्यायको विषय उठान गरेको छ । फिल्ममा बिक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ७ : ३५ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध