चितवन मिल्क : एक करोड १५ लाख लिटर दूध प्रशोधन | Khabarhub Khabarhub

चितवन मिल्क : एक करोड १५ लाख लिटर दूध प्रशोधन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।

भरतपुर महानगरपालिका– १ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ । गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उनको भनाइ छ । ‘गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ’, उनले भने, ‘पाउडर र बटर उत्पादनका लागि सङ्कलन  हुने दूध पनि घट्छ ।’

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।’ पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष  बन्द उद्योग पुनः सञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको  छ ।

जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएको बताए ।  

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : २९ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’