गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो « Khabarhub

गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा रोकिएको छ ।

कम्पनीका सचिव रामप्रसाद पौडेलका अनुसार इन्स्योरेन्सको गत चैत १८ गते बसेको बैठकको निर्णय अनुसार वैशाख ५ गते शुक्रबार बोलाइएको विशेष साधारणसभा बीमा प्राधिकारले रोक लगाएको हो ।

प्राधिकरणको नियम महाशाखाले वैशाख २ गतेको पत्रबाट विशेष साधारणसभा रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन पछि कम्पनीले साधारणसभा गर्न रोक लगाएको पौडेलले जानकारी दिए । 

बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेका अनुसार इन्स्योरेन्सले आफूखुशी गरेकाले विषेश साधारणसभामा रोक लगाएको खबरहबलाई बताए ।

‘सभा बस्नुभन्दा पहिले प्राधिकरणबाट स्वीकृति लिनुपर्छ, त्यो लिएको थिएन होला’, लामिछानेले खबरहबसँग भने, ‘आफूखुशी गरेपछि रोकिएको हो ।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : ०१ बजे

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको