हुम्लाको श्रीनगर बजारमा बाढी, कम्तीमा ११ घर क्षतिग्रस्त « Khabarhub

हुम्लाको श्रीनगर बजारमा बाढी, कम्तीमा ११ घर क्षतिग्रस्त


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बिहीबार बिहान आएको अबिरल वर्षापछिको बाढीले हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजारमा क्षति पुर्‍याएको छ ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा बाढीले ठूलो क्षति पुगेको अनुमान गरिएको हो । बाढीले बजारका ११ घर र एक पसलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्दार गरिरहेका छन् । क्षतिको विवरण पनि संकलन भइरहेको छ ।

उनका अनुसार अदानचुली गाउँपालिका वडा नम्बर ३ का आइते बुढाको गोठ भत्किँदा २६ बाख्रा मरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : १० बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने