दूध शुद्ध छ कि छैन, यी हुन् थाहा पाउने तीन तरिकाबाट « Khabarhub

दूध शुद्ध छ कि छैन, यी हुन् थाहा पाउने तीन तरिकाबाट


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो । 

बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईँले कहिल्यै परीक्षण गर्नु भएको छ कि तपाईँले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?

मिसावटको यो युगमा घरमा दैनिक आउने दूध कति स्वस्थ्यकर छ भन्ने जान्न जरुरी भइसकेको छ । यदि तपाईँ पत्ता लगाउन चाहनुहुन्छ भने तपाईँले केही सरल तरिकाबाट नै थाहा पाउन सक्नु हुन्छ । उसो भए, आउनुहोस् र थाहा पाउनुहोस् कि मिसावट दूध कसरी चिन्ने ?

आजकल दूधमा पानी, स्टार्च, डिटर्जेन्ट, युरिया, सिन्थेटिक दूध जस्ता वस्तुमा मिसावट हुने गरेको छ । यी मिसावटहरूले दूधको पौष्टिकतालाई नष्ट गर्ने मात्र होइन, लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा पनि गम्भीर हानि पुर्‍याउने गर्दछ । यस प्रकारको दूध सेवन गर्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि घातक हुन सक्छ। 

चिल्लो सतहद्वारा पहिचान :

कुनै रसायन वा प्रयोगशाला परीक्षण बिना नै दूध शुद्ध छ वा छैन थाहा पाउन सकिन्छ । यसका लागि तपाईँलाई चाहिने भनेको चिल्लो सतह हो, जस्तै स्टिल प्लेट वा सिसाको टुक्रा । यस पछि सतहमा दूधको केही थोपा छोड्नु होस् । थोपाहरू कसरी बग्छन् ध्यान दिनुहोस् । यदि दूध बिस्तारै बग्छ र बाक्लो सेतो धार छोड्छ भने, दूध शुद्ध हुन्छ । यदि दूध छिट्टै बग्छ र रेखा बन्दैन भने यो पानी वा अन्य चीजहरूमा मिसावट भएको ठम्याइ गर्नुहोस् ।

स्टार्च मिसावटमा आयोडिन परीक्षण 

दूधमा स्टार्च मिसावटको लागि आयोडिन परीक्षण गर्न सक्नुहुन्छ  । यसका लागि दूधमा आयोडिनको केही थोपा मिसाउनु होस् । यदि दूधको रंग नीलो भयो भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्न सकिनेछ ।

सिंथेटिक दूधको लागि फोम परीक्षण

यो परीक्षण गर्न बोतलमा दूध राख्नुहोस् र त्यसपछि यसलाई मज्जाले हल्लाउनु होस् । यदि आवश्यक भन्दा बढी फोम बन्यो भने बुझ्नु होस कि यो सिंथेटिक दूध हुन सक्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : ३० बजे

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक– बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।