वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसक्यो : श्रममन्त्री भण्डारी  « Khabarhub

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसक्यो : श्रममन्त्री भण्डारी 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई संघीय संसद्को अबको अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले सकेसम्म अबको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानून पारित गरिने जिकिर गरे । वैदेशिक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने उनले बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीहरूको भएको उल्लेख गरे । 

वैदेशिक रोजगार व्यवसायीले इमानदारीताका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उनको भनाइ छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : ४८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने