प्रधानमन्त्रीले भने- द्वन्द्वकालका अमानवीय र जघन्य अपराधमा माफी हुँदैन « Khabarhub

प्रधानमन्त्रीले भने- द्वन्द्वकालका अमानवीय र जघन्य अपराधमा माफी हुँदैन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिइने बताए ।

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताए । अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब बहकावमा लागेर कुनै खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने ओलीले बताए ।

‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताबीच प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाई विकास र समृद्धिको अभूतपूर्व काम थालेका बेला त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारमा छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिँदैनौँ । हाम्रो सभ्य र सु-संस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।’

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताए । एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने उनले उल्लेख गरे ।

ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान पनि गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : ५६ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि