रास्वपा केन्द्रीय समिति बैठक, रविको जेल यात्रा र सुमनाको राजीनामासहित चार एजेन्डामा छलफल « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक, रविको जेल यात्रा र सुमनाको राजीनामासहित चार एजेन्डामा छलफल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ । दिउँसो ३ बजेदेखि बसेको बैठकमा विभिन्न चार एजेन्डामाथि छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुने झाले बताए ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्दैछ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएपछि यो यात्रा अन्योलमा परेको छ ।

रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रमअन्तर्गत चितवनको नारायणघाटमा सभा गरे पनि निरन्तरता दिन सकेको छैन ।

बैठकमा पार्टीको पहिलो महाधिवेशन कार्यविवरणबारे पनि छलफल भइरहेको झाले जानकारी दिए । अर्कातिर सह-महामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएपछि उत्पन्न तरंग पनि बैठकको विषय हुनेछ । सुमनाले सभापति लामिछानेसहितको नेतृत्वप्रति तीव्र रोष प्रकट गर्दै राजीनामा पत्र गत चैत १७ गते नै बुझाइसकेकी छन् ।

यसअघि रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर पार्टी सभापति लामिछाने कारागारमा रहेकाले उक्त समयमा महाधिवेशन हुने नहुने बारेमा बैठकले ठोस निर्णय गर्ने बुझिएको छ ।

यो बैठकमा यसअघि वैशाखमा गर्ने गरी तय गरिएको पहिलो महाधिवेशनको भविष्य, सहकारी प्रकरणमा जेलमा रहेका सभापति रवि लामिछानेको प्रकरण, अलपत्र परेको जनयात्राबारे तयारी र सह-ममन्त्री सुमना श्रेष्ठले दिएको राजीनामाबारे पनि छलफल हुँदैछ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ५३ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको