राप्रपाले राजा माग्दै काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने « Khabarhub

राप्रपाले राजा माग्दै काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाको मुद्दा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौं उपत्यकास्थित सुरक्षाका हिसाबले संवेदनशील मानिएका स्थानमा प्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ७ गते काठमाडौंमा सुरक्षाका दृष्टिले संवेशील मानिएका स्थानहरूमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सरकारले सुरक्षाका दृष्टिले संवेदनशील सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संसद् भवनसहितलाई निषेधित क्षेत्रका रुपमा तोकेको छ । यीसहितका क्षेत्रमा प्रदर्शनको योजना राप्रपाले ल्याएको हो ।

‘आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लौजाने निर्णय गरेको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘त्यसक्रममा पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी राप्रपाको बैठकले चैत ९ गते ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शनहरू आयोजना गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष लिङदेनले उपत्यकामा वडा तहसम्म सबै नेताहरू पुग्ने र संगठनलाई अझै मजबुत बनाउने र आन्दोलनकेन्द्रित बनाउने निर्णय गरेको पनि बताए ।

राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतको रिहाइका लागि कानुनी र राजनीतिक लडाइँलाई सशक्त रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।

‘हाम्रा पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरू निर्दोष छन्,’ लिङ्देनले भने, ‘आस्थाका बन्दीलाई तत्काल रिहाइका लागि सरकारसँग माग गर्ने निर्णय भएको छ । रिहाइका लागि कानुनी र राजनीतिक लडाइँलाई सशक्त बनाउँदै लैजाने निर्णय बैठकले गरेको छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ०४ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने