राजेन्द्र महतोको आरोप- सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गर्‍यो « Khabarhub

राजेन्द्र महतोको आरोप- सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गर्‍यो


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी, वित्तीय तथा लघुवित्त र बैंक पीडितमाथि सरकारले शोषण गरिरहेको आरोप लगाएका छन् । 

वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)को आह्वानमा जारी विभिन्न अभियानी संघ–संस्थाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सरकारमाथि आरोप लगाएका हुन् । 

‘सरकार अभिभावक हुनुपर्छ तर उल्टो शोषण गरिरहेको छ । नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय–समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन भएका छैनन्,’ बिहीबार शान्तिबाटिकामा आयोजित कार्यक्रममा महतोले भने, ‘आलटाल गर्दै पीडितलाई झनै पीडित बनाउने गतिविधिले सरकारप्रतिको भरोसा दिन–प्रतिदिन कम हुँदै गएको छ ।’ 

सरकारले गरेका वाचाहरू पूरा नगर्ने प्रवृत्तिले नै सरकार र शासन व्यवस्थाप्रति नागरिकको विश्वास कम हुँदै गएको उनको भनाइ थियो ।

‘पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब अलपत्र विश्वासको भरमा होइन, एकीकृत ढंगले अगाडि बढ्ने छ,’ अध्यक्ष महतोले भने ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ४३ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको