मन्त्रीदेखि सुरक्षा निकायका प्रमुखसँग मुख्यमन्त्री शाहले गरे छलफल  « Khabarhub

मन्त्रीदेखि सुरक्षा निकायका प्रमुखसँग मुख्यमन्त्री शाहले गरे छलफल 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, सचिव, चारै सुरक्षा निकायका प्रमुख तथा प्रदेश अन्तर्गत कार्यालयका प्रमुखसँग विभिन्न विषयमा छलफल गरी जानकारी लिएका छन् । 

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षाको अवस्था, भन्सार चेकजाँच तथा आवागमन सहजीकरण, राजश्व संकलन र लागू औषध नियन्त्रणका विषयमा छलफल गरेका हुन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशभित्रको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न, लागूऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनिकरण तथा पर्यटन प्रवर्द्धनका विषयमा प्रभावकारी रुपमा लाग्न निर्देशन दिए । उनले सर्वसाधारण जनतालाई राज्यले दिने सेवासुविधामा सहज पहुँचको वातावरण निर्माण गरी सम्मानजनक रुपमा सेवा प्रवाह गर्न समेत निर्देशन दिए ।

बैठकमा सुरक्षा निकायमा प्रमुखहरूले समग्र शान्ति सुरक्षा चुस्त दुरुस्त रहेको ब्रिफिङ गरेका थिए । बैठकले शान्ति सुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धित बैठक सम्भव भएसम्म मासिक रूपमा सञ्चालन गर्ने, भन्सार चेकजाँच, सीमापार आवागमन सहजीकरण, लागूऔषध नियन्त्रण गर्ने र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि सरोकारवाला कार्यालयहरू र सुरक्षा निकाय समेतको प्रतिनिधित्व हुने गरी एक समिति गठन गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाश बम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय निमित्त प्रमुख सचिव श्री लिलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम पृतना हे। क्वा उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरत कुमार बम, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल, वैद्यनाथ बाहिनी सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, कैलाली प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सह अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ५९ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग