बालबच्चा बोकेरै आन्दोलनको मोर्चामा शिक्षक-शिक्षिका (तस्बिरहरू) « Khabarhub

बालबच्चा बोकेरै आन्दोलनको मोर्चामा शिक्षक-शिक्षिका (तस्बिरहरू)



काठमाडौं– गत चैत २० गतेदेखि काठमाडौंमा सुरु भएको शिक्षक आन्दोलन १६ औँ दिन पुगेको छ । देशभरबाट आएका शिक्षकहरूले चुहुँदो झरीमा पनि सडकमा संघर्ष छाडेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस आन्दोलनलाई बेवास्ता गर्दै आएका छन् । उनले पटक पटक रुखो टिप्पणी गरिरहेका छन् ।

प्रधानमन्त्रीले रुखो टिप्पणी गरे पनि नगलेका शिक्षकहरूमध्ये कतिपय आफ्ना नाबालकसहित सडकमा उत्रिएका छन् । आन्दोलनमा होमिएका शिक्षक-शिक्षिका आफ्ना नानीबाबु डोर्‍याउँदै सडकमा संघर्षरत छन् ।

केही शिक्षका दूधे बच्चालाई सडकमै स्तनपान गराइरहेका भेटिए । दूधे बच्चा बोकेर पनि शिक्षिकाहरूले सडकको मोर्चा छाडेका छैनन् । उनीहरू सरकारले शिक्षा ऐन ल्याउने ग्यारेन्टी नगरेसम्म सडक छाड्ने पक्षमा छैनन् ।

सरकारले आन्दोलन लम्बिँदै जाँदा शिक्षकको संख्या घट्ने अपेक्षा गरेको थियो । तर शिक्षक-शिक्षिकाहरू पालैपालो काठमाडौं आउने र जाने गरिरहेका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सञ्चालित यो शान्तिपूर्ण आन्दोलनमा शिक्षकहरूले आफ्ना मागहरू पूरा नभएसम्म पछि नहट्ने अठोट व्यक्त गरेका छन् ।

हरेक दिन माइतीघरबाट नयाँ बानेश्वरसम्म मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरू यो आन्दोलनमा सहभागी शिक्षकहरूमध्ये नानीबाबु स्याहार्दै सडकमा खटिरहेकाहरूतिर खबरहबको क्यामेरा सोझिएको थियो । 

आन्दोलन १६ औँ दिन पुग्दा पनि शिक्षकहरू डगमगाएका छैननन् । आन्दोलित शिक्षक-शिक्षिकाहरू आफ्ना साना नानीबाबुसहित सडकमा खटिएका दृश्य फरक देखिन्थ्यो ।

बालबालिकालाई साथमा लिएर आन्दोलनमा सहभागी हुन सहज छैन । तर पनि आफ्नो पेशागत हक र शिक्षा ऐन ल्याउन मागसहित सडकमा उत्रिन बाध्य भएको उनीहरू बताउँछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ०५ बजे

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय