नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला « Khabarhub

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई  बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो । 

मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए। मध्यबिन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्ज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।  

पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने  भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।  मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।
 
दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायब उपरीक्षक नेपालीले जानकारी दिए । 
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ५२ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको