गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने, गृहमन्त्री लेखकसहित आइपुगे पोखरा « Khabarhub

गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने, गृहमन्त्री लेखकसहित आइपुगे पोखरा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठक शुक्रबार पोखरामा हुने भएको छ । यसका लागि गृहमन्त्री रमेश लेखकसहित ३ वटै सुरक्षा निकायका प्रमुखहरू बिहीबार साँझ नै पोखरा आइपुगेका छन् ।

प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू बैठकमा सहभागी हुनेछन् ।

 यसअघि चैत २१ गतेका लागि तय गरिएको सुरक्षा गोष्ठी प्रधानमन्त्री केपी ओली देशबाहिर रहेका कारण स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले आफू नभएका बेला राजधानी नछाड्न मन्त्रीहरूलाई निर्देशन दिएपछि गोष्ठी स्थगित गरिएको थियो ।  

गण्डकी प्रदेश सरकारको समेत सहभागितामा हुने कार्यक्रममा प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति हुनेछन् । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत प्रस्तुति गर्नेछन् । 

पोखराको पुरानो विमानस्थलमा सञ्चालनमा ल्याइएको प्रदेश गोदाम घर गृहमन्त्री लेखकले शुक्रबार बिहान गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको कास्कीका प्रजिअ भरतमणि पाण्डेले जानकारी दिए । 

गृहमन्त्री लेखक ३ दिन पोखरा रहनेछन् । शुक्रबार दिनभर सुरक्षा बैठकमै उनी रहनेछन् । शनिबार पोखरा ३२ मा तमु समाज भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसबीचमा उनले राजनीतिक भेटघाट समेत गर्नेछन् । 

के हो आपत्कालीन गोदाम घर ?
विपद्का बेला गण्डकी प्रदेशका जिल्लामा आवश्यक राहत पुर्‍याउन पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रमले आपत्कालीन गोदाम घर निर्माण गरिदिएको हो । 

आपत्कालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न युरोपेली युनियनको सहयोगमा साहयतास्थल बनेको छ । १ लाख ६१ हजार अमेरिकी डलर लागतमा निर्माण भएको हो गोदामघर ७ सय टन भण्डारण क्षमताको छ । 

जसमा प्रिफ्याबका ४ वटा भवन बनाइएको छ । गत चैत पहिलो साता निर्माण सुरु भएको गोदाम घर असोज ९ गते बुधबारदेखि सञ्चालनमा आएको थियो । 

त्यतिबेला मौसमका कारण पोखरा आउन नपाएका गृहमन्त्री रमेश लेखकले भर्चुअल माध्यमबाट गोदाम घरको उद्घाटन गरेका थिए । सो गोदाम घरमा हाल ५ सय टन खाद्यान्न, ३ सय वटा कम्मल, ६ सय थान त्रिपाल, इन्धन लगायतका उद्धार सामग्री भण्डारण गरिएको छ । विश्व खाद्य कार्यक्रमले यसअगाडि काठमाडौं, भैरहवा, धनगढी, वीरगन्ज, बर्दिबास लगायत देशका ११ स्थानमा मानवीय सहायता स्थल बनाइसकेको छ । सबै गोदामघरहरु अब प्रदेश मातहत सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ०५ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको