मन्त्रालय बाँडफाँड गर्न मात्रै एमालेसँग गठबन्धन गरिएको हैन : एनपी साउद | Khabarhub Khabarhub

मन्त्रालय बाँडफाँड गर्न मात्रै एमालेसँग गठबन्धन गरिएको हैन : एनपी साउद


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

 कञ्चनपुर– नेपाली कांग्रेसका नेता एनपी साउदले मन्त्रालय बाँडफाँड गरेर शासन चलाउनका लागिमात्रै नेकपा एमालेसँग मिलेर सरकार गठन नगरिएको बताएका छन् । 

नेपाल थारु संघ कञ्चनपुरको प्रथम जिल्ला तथा क्षेत्रीय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले दुई ठूला दलहरू मिलेर मन्त्रीहरूको बाँडफाँड गरेर शासन चलाउनका लागिमात्रै सरकार गठन नभएको बताएका हुन् ।  

‘सरकार नेपाली कांग्रेसको पनि छ । सरकारका काम–कारबाही सन्तोषजनक हुन सकेको छैन,’ नेता साउदले भने, ‘दुई ठूला मिलेर सरकार गठन हुँदा खाली सरकारमा गएर मन्त्रीहरूको बाँडफाँड गरेर शासन चलाउने उदेश्यले मात्रै गरेको होइन ।’ 

पूर्वपरराष्ट्रमन्त्री साउदले सरकार गठनका बेला कांग्रेस र एमालेले केही आधारभूत मुद्दाहरूलाई आधार बनाएको स्मरण गरे । उनले सरकार गठन हुँदा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार सरकार अगाडि बढ्नुपर्ने दोहोर्‍याए ‘आधारभूत रुपमा हामीले केही मुद्दाहरूलाई आधार बनाएर सरकार गठन गरेका हौँ । हामीले संविधानमा भएका कमी–कमजोरी र विकृतिलाई हटाएर जनताको चाहनाको गतिमा ‘मिट’ गर्ने भनेर गठन भएको हो,’ साउदले भने । 

उनले सरकारका प्रति देखिएको असन्तुष्टिलाई सरकारले चाँडोभन्दा चाँडो समाधान गर्नुपर्नेमा जोड दिए ।

 ‘सरकारको काम–कारबाहीबाट जनता सन्तुष्ट छैनन् । हामी पनि सरकार राम्रोसँग चलोस् भनेर समय समयमा असन्तुष्टि राखिराखेका छौँ,’ साउदले भने, ‘यो असन्तुष्टिको बिऊलाई सरकारले चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ ।’

नेता साउदले सत्ता साझेदार दल एमालेसँग पदको भागबन्डाका लागि नभएर सरकार प्रभावकारी रुपमा अघि बढोस् भनेरमात्रै कांग्रेसले असन्तुष्टि जनाइरहेको जिकिर गरे । 

‘हाम्रो असन्तुष्टि भनेको गभर्नरका लागि, पुलिसको एआईजीका लागि या त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि या केही राजनीतिक नियुक्तिका लागि होइन,’ साउदले भने, ‘कांग्रेसको असन्तुष्टि भनेको सरकार प्रभावकारी रुपमा अघि बढोस् भन्ने हो । सरकारले सुशासन दिन सकोस्, भ्रष्टाचारको निर्मूल गर्न सकोस्, विदेश गइरहेको युवालाई स्वदेशमै रोक्न सकोस् । ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याउन सकोस् भनेर हो ।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ०५ बजे

पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुर बर्न

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

काठमाडौं– जेन–जी पुस्ताले देशव्यापी रूपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक,

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय