विज्ञान प्रविधिमा सहकार्य बढाउन भारत र जर्मनी सहमत « Khabarhub

विज्ञान प्रविधिमा सहकार्य बढाउन भारत र जर्मनी सहमत


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य वृद्धि गर्न भारत र जर्मनी सहमत भएका छन् । दुई देशको मन्त्रीस्तरीय वार्ताका क्रममा यस्तो सहमती भएको हो ।

भारतीय आर्थिक समाचार पोर्टल बिजनेश वर्ल्डक अनुसार वार्ताका क्रममा भारतका युनियनमन्त्री जितेन्द्र सिंह र जर्मनीका मिनिस्टर प्रेसिडेन्ट मार्कस सोडर सहभागी थिए । उनीहरुबीच एआई, हरित ऊर्जा, विद्युतीय पारवहन, साइबर, बायोटेक्नोलोजी, क्वान्टम टेक्नोलोजीजस्ता विज्ञान तथा प्रविधिका नयाँ क्षेत्रमा सहकार्य वृद्धि गर्ने सहमती भएको छ ।

मन्त्री सिंहले भारतको स्वभाविक साझेदार रहेको भन्दै जर्मनीको प्रसंशा गरेका थिए । पछिल्लो समय दुई मुलुकबीच व्यापारिक साझेदारी सुदृढ हुँदै गएको छ ।

हाल जर्मनीमा ५० हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत छन् । मन्त्री सिंहले जर्मन विद्यार्थीलाई भारतमा स्वागत गर्न आफ्नो मुलुक तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ४५ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको