वरीयता मिच्दै ६ जना एआईजीमा बढुवा सिफारिस, प्रहरीमा असन्तुष्टि « Khabarhub

वरीयता मिच्दै ६ जना एआईजीमा बढुवा सिफारिस, प्रहरीमा असन्तुष्टि


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरेको हो । बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् ।

खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन् । नेपाल प्रहरीमा रिक्त ६ जना एआईजी थिए । समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन् ।

यो सिफारिसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली छुटेको छ । सिफारिसमा २०५४ सालमा भर्ना भएको टोलीमा समेत वरीयता मिचिएको छ ।

यो टोलीका कार्कीलाई पहिलो वरीयतामा बढुवा सिफारिसमा गरिएको छ । दोस्रो वरीयतामा रहेका केसीलाई तेस्रो र तेस्रोमा रहेका अधिकारीलाई दोस्रो नम्बरमा सिफारिस गरिएको छ ।

केसी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान सुरू गरेका अधिकृत हुन् । उनी यो सिफारिसमा अन्तिम समयमा मात्रै अटाएका छन् ।

उनलाई बढुवाबाट रोक्ने प्रयत्न भएको थियो । तेस्रो वरीयतामा रहेका अधिकारी प्रधानमन्त्री केपी ओलीनिकट थिए । उनलाई दोस्रो वरीयतामा तान्दा केसी धकेलिएका छन् ।

‘अधिकारीलाई अगाडि ल्याउने र केसीलाई बढुवामै छुटाउँदा नकारात्मक सन्देश जाने भएपछि अन्तिम समयमा उनलाई सिफारिसमा समेटिएको हो,’ बढुवा समिति स्रोतले भन्यो ।

उक्त स्रोतका अनुसार केसीलाई छुटाएर २०५३ को टोलीबाट सिद्धिविक्रम शाहलाई समावेश गर्न खोजिएको थियो । अन्तिम समयमा तेस्रो वरीयतामा चित्त बुझाउन केसी तयार भएपछि बढुवा समितिले सूची निकालेको उक्त स्रोतले बतायो ।

केसीले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोबहादुर रायमाझीलगायत रहेको ‘गिरोह’को फाइल खोलेका थिए ।

उक्त प्रकरणपछि राजनीतिक शक्तिकेन्द्र केसीसँग चिढिएको थियो । भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धासमेत रहेको यो बढुवा सिफारिसमा कार्की सबैभन्दा ‘सुरक्षित स्थान’मा छन् ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका डीआईजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत छुटेका छन् । नेपाल प्रहरीमा विद्यमान तीस वर्षे कार्यकाल कायम रहे हालका प्रहरी महानिरीक्षक दीपक थापा २०८२ भदौ ५ मा अवकाशमा जान्छन् ।

अहिले बढुवा सिफारिसमा परेका खापुङ भदौ ५ पछि दुई महिना प्रहरी नेतृत्वमा पुग्छन् । आचार्य जेठ र शर्मा भदौमा अवकाशमा जान्छन् । खापुङपछि नेतृत्वमा पुग्ने टोलीको सुनिश्चितता अहिलेको बढुवा सिफारिसले गरेको छ । सिफारिसमा परेका कार्की खापुङपछि प्रहरी नेतृत्वमा पुग्छन् ।

आचार्य र शर्मा अवकाशमा जाँदा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको टोलीका दुई जना एआईजी हुन सक्छन् । तर, कार्कीकै ब्याचमेटका डीआईजीहरू ईश्वर कार्की, दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्टलगायतले टक्कर दिने सम्भावना छ ।

जेठ र भदौमा एआईजी रिक्त हुँदा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटे त्यसका सदस्यहरू डीआईजीबाटै अवकाशमा जानेछन् । त्यसकारण राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका सदस्य यो सिफारिसले असन्तुष्ट छन् ।

रवि लामिछाने गृहमन्त्री भएकै बेला कार्कीको टोलीलाई वरीयता मिचेर बढुवा गरिएको थियो । अहिलेका गृहमन्त्री रमेश लेखकले त्यही बढुवालाई निरन्तरता दिएका छन् । लामिछानेले शाह नेतृत्वको टोलीलाई पाखा लगाएर कनिष्ठ टोलीलाई अगाडि ल्याई बढुवा गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : २२ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल