प्रचण्डमाथि विष्णु रिमालको प्रहार- दुईतिहाइको नेकपा सरकार ढाल्नु चाहिँ नैतिकता थियो ? « Khabarhub

प्रचण्डमाथि विष्णु रिमालको प्रहार- दुईतिहाइको नेकपा सरकार ढाल्नु चाहिँ नैतिकता थियो ?


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् ।

नेकपा कांग्रेस र नेकपा एमालेसहितको सरकारलाई प्रचण्डले ‘षडयन्त्र’ भनेपछि रिमालले प्रहार गरेका हुन् ।

उनले प्रचण्ड कहिले एमाले छाडेर कांग्रेस त कहिले कांग्रेस छाडेर एमालेतिर मिल्ने चरित्रमाथि प्रश्न गरेका छन् ।

‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँ (प्रचण्ड) कै विशेषता हो। हो नि, उहाँले २०७४ मा काँग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुईतिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’,’ उनले भनेका छन, ‘फेरि त्यो अवधिमा तीन–तीन पटक सत्ता सङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो—जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्। ’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : २८ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले