प्रचण्डमाथि विष्णु रिमालको प्रहार- दुईतिहाइको नेकपा सरकार ढाल्नु चाहिँ नैतिकता थियो ? « Khabarhub

प्रचण्डमाथि विष्णु रिमालको प्रहार- दुईतिहाइको नेकपा सरकार ढाल्नु चाहिँ नैतिकता थियो ?


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् ।

नेकपा कांग्रेस र नेकपा एमालेसहितको सरकारलाई प्रचण्डले ‘षडयन्त्र’ भनेपछि रिमालले प्रहार गरेका हुन् ।

उनले प्रचण्ड कहिले एमाले छाडेर कांग्रेस त कहिले कांग्रेस छाडेर एमालेतिर मिल्ने चरित्रमाथि प्रश्न गरेका छन् ।

‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँ (प्रचण्ड) कै विशेषता हो। हो नि, उहाँले २०७४ मा काँग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुईतिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’,’ उनले भनेका छन, ‘फेरि त्यो अवधिमा तीन–तीन पटक सत्ता सङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो—जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्। ’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : २८ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको