आरजु राणाले भनिन् : केही भएन भन्ने भ्रामक प्रचार बढी भयो « Khabarhub

आरजु राणाले भनिन् : केही भएन भन्ने भ्रामक प्रचार बढी भयो


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन् ।

डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गरिन् ।

“गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ । सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ”, मन्त्री डा राणाले भनिन्, “नेपालमा केही पनि भएन । अब यो देशमा बसेर के काम रु भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन् । नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ । नेपालमा सुधार भएको छ ।”

आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गरेर मुुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताइन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेकाले निराश हुनुपर्ने आवश्यक भएको बताइन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको जिकिर गर्दै कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिइएको बताइन् । पुस्तककी लेखिका डा कुँवरले पुस्तकले नेपाल चिनाउन मद्दत पुग्ने बताइन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : ४४ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)