शिक्षकका माग सम्बोधन गर्न रास्वपाले दबाव दिने « Khabarhub

शिक्षकका माग सम्बोधन गर्न रास्वपाले दबाव दिने


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनको मिति तोकेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति घोषणा गरेको हो ।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन गर्ने बैठकले निर्णय गरेकाे छ । माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने तय गरिएकाे छ ।

त्यस्तै फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको झाले जानकारी दिए ।

साथै बैठकले शिक्षा विधेयक ल्याउन माग गर्दै आन्दोलन गरिरहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि संसद अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने पनि निर्णय गरेको छ ।

बैठकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’ बारे खाका प्रस्तुत गर्दै सोको उद्देश्य, सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र आयोगको कटौती र सार्वजनिक सेवामा सुधार रहेको व्याख्या प्रस्तुत गरेका थिए ।

बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जनयात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ०१ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको