एनएसएल : चितवन नेपाल सुपर लिगको प्ले अफमा « Khabarhub

एनएसएल : चितवन नेपाल सुपर लिगको प्ले अफमा


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो ।

चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । यता धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे । खेलको सातौँ मिनेटमा जर्जप्रिन्सको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । नेदिरले खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चितवनलाई बराबरीमा ल्याए । छिरिङ गुरुङको प्रहार बक्स भित्र धनगढीका रक्षक अशोक खवासको हातमा लागेपछि चितवनले पेनाल्टीमा अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा जयले गोल गर्दा चितवन २–१ ले अगाडि बढ्यो । उनले छिरिङको क्रसलाई पोस्टको दिशा दिए । त्यसैगरी अमृत श्रेष्ठबाट खेलको ५४औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा चिवतनले ३–१ को अग्रता लियो । भिक्टर मानसारेको क्रस अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

जितसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो तथा पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा रहे । चितवनको यो जितसँगै काठमाडौँ रेजर्सको यात्रा भने लिग चरणमै सिमित बनेको छ । चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि काठमाडौँ गोल अन्तरमा पछि पर्यो ।

अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा एलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन् ।
(((

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : ११ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्