राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के–के गर्‍यो निर्णय ? « Khabarhub

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के–के गर्‍यो निर्णय ?


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

आज बसेको कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसार वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।

साथै बैठकले संवैधानिक राजसंस्था हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका मुद्दाहरुमा समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

उपत्यकाको सबै वडा तहमा आन्दोलनको तयारी र विविध कार्यक्रम गर्ने, यसका लागि केन्द्रीय तथा प्रदेश तहका नेतृत्वलाई खटाउने राप्रपाले जनाएको छ ।

आन्दोलन सम्बन्धी विषयमा योजना बनाउन तथा तत्काल आवश्यक निर्णय लिन परेमा पार्टीका अध्यक्षको संयोजकत्वमा पूर्व अध्यक्षहरू र उपाध्यक्षहरू रहेको समितिलाई जिम्मेवारी दिइने पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपाले शिक्षकहरूको माग तत्काल सम्बोधन गरी विद्यालय भर्ना कार्यक्रम एवं नजिकै आइरहेको कक्षा १२ को परीक्षा नरोकिने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : ३६ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि