काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ « Khabarhub

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन्।

बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू सांसद र केन्द्रीय सदस्यको जिम्मेवारीमा भएको हिसाबले सह महामन्त्रीको पदमा न्यायोचित काम गर्न नसकेको भन्दै सभापतिलाई राजीनामा बुझाएको बताएकी छिन्।

उनले पार्टीमा एक व्यक्ति र एक जिम्मेवारी रहनुपर्ने कुराहरू पटकपटक आफूले बैठकहरूमा राख्दै आएको र आफूबाट नै राजीनामाको सुरुवात गरेको समेत स्पष्ट पारेकी छन्।

‘मैले सभापति रवि लामिछाने सभापति पदमा फर्किएकै दिन दुई हप्ता अगाडि नै राजीनामा पत्र बुझाएकी हुँ त्यो पत्रको सन्दर्भमा आज छलफल भएको थियो तर त्यसको राजीनामा स्वीकृतिका सन्दर्भमा निर्णय भएको छैन त्यसको अर्को प्रोसेस हुन्छ’ श्रेष्ठले भनिन, ‘हामीले नयाँ पार्टी खोल्दै गर्दा नयाँ भिजन र नयाँ सोचका साथ अगाडि जानुपर्ने हुन्छ। मैले पद ओगटे भने अर्को व्यक्तिले काम गर्ने अवसर पाउँदैन। यो कुरा पटकपटक मैले नै केन्द्रीय समिति बैठकमा राख्ने गरेको छु। सुरुवातबाटै गरेको हो। मेरो पार्टीप्रति कुनै असन्तुष्टि छैन।’

उनले सह महामन्त्री जस्तो जिम्मेवार पद र सांसद पद आफूले एकैपटक सम्हाल्न नसकेको समेत स्पष्ट पारिन्। ‘हाम्रो प्रजातान्त्रिक पार्टी हो पार्टीमा फरक फरक विचार हुन्छ। मेरो विचार अरुलाई मन नपर्न पनि सक्छ तर मैले काम गर्न सकिन र राजीनामा दिए’, श्रेष्ठले अगाडि भनिन, ‘सभापतिले पनि दिएको पद अनुसार काम गर्न नसके राजीनामा बुझाउनुपर्छ भनेर पटकपटक बैठकमा राख्दै आउनुभएको छ । मेरो कुरा पनि त्यही हो।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ४५ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा