आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई « Khabarhub

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेका हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।

उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।

मुम्बईका विल ज्याक्सले दुई तथा जसप्रित, ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्या एकएक विकेट लिए । जारी सिजनमा मुम्बई अंक तालिकाको सातौं र हैदरावाद नवौं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : ५९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको