शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ १२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपियाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपियाँ ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपियाँ ६० पैसा र बिक्रीदर ८७ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपियाँ ७७ पैसा र बिक्रीदर ९८ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ७८ पैसा र बिक्रीदर ९ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ५० पैसा र बिक्री दर २० रुपियाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपियाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपियाँ १८ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : ३० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा