सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै | Khabarhub Khabarhub

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको हो । उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन् ।

एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । उनले भने, “सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीहरुको उत्साहप्रद उपस्थिती देखिएको छ ।” सम्मेलनमा ५०० आरोहीको सहभागीता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीजरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरु सहभागीता जनाउनेछन् ।

सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावको बारेमा गहन छलफल हुने अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ६ : २९ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्