आज ३२औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै « Khabarhub

आज ३२औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज ३२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशभर ‘मदन–आश्रित स्मृति दिवस’ मनाउन लागिएको हो ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहतका कमिटीसहित तीनका भ्रातृ सङ्गठनले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

दिवसमा अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ ।

रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै आलोचना हुँदै आएको छ । उक्त घटनामा जीवित चालक अमर लामाको पनि २०६० सालमा हत्या भएपछि घटना झनै रहस्यमय बनेको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : १७ बजे

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय