नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक (तस्बिरहरू) « Khabarhub

नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक (तस्बिरहरू)


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायःजसो सवारी जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् ।

नागढुंगा–नौबिसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला–भीमढुंगा–धार्के सडक प्रयोग गर्न थालेका थिए । अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन् । यो सडकको दूरी २४ किलोमिटर रहेको छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरूलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य भएको छ ।

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा–नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्ण रुपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १२ : ५६ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।