जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम « Khabarhub

सगरमाथा संवाद

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्यांकन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने बताएका हुन् । 

चिनियाँ विज्ञान प्रतिष्ठान चीनका निर्देशक डा. टाओ वाङले विश्वव्यापी रुपमा बढिरहेको तापमानका कारण हिमाली क्षेत्र बढी प्रभावमा परेको बताए।  ज्युरिक विश्वविद्यालय, स्वीट्जरल्याण्डका वरिष्ठ अनुसन्धान सहयोगी डा साइमन एलनले जलवायु परिवर्तनको असरसँग जुध्नका लागि स्थानीयस्तरको क्षमता अभिवृद्धिमा जोड दिए । 

बिजिजी इन्जिनियरिङ इन्क क्यानडाका वरिष्ठ भू–वैज्ञानिक इञ्जिनियर एमिली मार्कले जलवायु परिवर्तनको असरका कारण वातावरणीय प्रणाली र विकासलाई असर पुग्ने बताए। केइयो विश्वविद्यालयका जापानका प्रोफेसर राजीव शाँले विश्वभरका चुनौतीलाई सम्बोधन गर्न स्थानीयस्तरदेखि वैश्विकस्तरसम्मको सहकार्य र विविधताको आवश्यकता जोड दिए । 

भू–विज्ञान अनुसन्धान केन्द्र जर्मनका प्रमुख डा. निल्स होभियसले जलवायु अनुकूलनका लागि प्राकृतिक प्रकोपहरूको पूर्वानुमान प्रणालीहरूको विकास, जलवायु परिवर्तनका प्रभावको अनुगमन र वातावरणीय दिगोपनका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । 

पहाड तथा हिमाली क्षेत्रहरू पृथ्वीका सबैभन्दा गतिशील र नाजुक प्रणालीहरूमध्ये पर्ने र यी क्षेत्रहरू पहिरो, बाढी, हिमताल विस्फोट, हिउँ-पहिरोजस्ता शृङ्खलाबद्ध प्रकोपहरूको जोखिममा झनै संवेदनशील बन्दै गएको उनीहरूको जोड रहेको छ । 

जलवायु परिवर्तनले यस्ता जोखिमलाई थप तीव्र बनाउने, जसले पूर्वाधार हिमाली समुदायको जीवन र जीविकोपार्जन र तल्लो क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसलाई जोखिममा पार्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको छैटौँ मूल्यांकन प्रतिवेदन ९२०२३० अनुसार, पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसले वृद्धि भएमा प्रायः सबै पहाडी क्षेत्रमा कम्तीमा पनि मध्यमस्तरको जोखिम आउनेछ भने केही क्षेत्रमा अझ उच्च जोखिम देखिनेछ ।

 भविष्यमा देखिएका यस्ता जोखिम र जलचक्रमा हुने परिवर्तनले दिगो विकासका लागि पहाडी जोखिम मूल्याङ्कन तथा अनुगमन अत्यावश्यक भएको प्रतिवेदनको सुझाव छ । सत्रको सहजीकरण इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय प्राध्यापक डा विष्णुप्रसाद पाण्डेले गरेका थिए ।

रासस 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १२ : ५२ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।