चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो) « Khabarhub

चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो)


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिका- १० बाँसटौवामा चट्याङ लागेर कटहरको रूख जलेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार राति १२ बजे परेको चट्याङका कारण सुकेको कटहरको रूख दनदनी बल्यो । 

पानी परिरहेकै बेला रूख आगोको लप्काले निलेपछि स्थानीले मण्डनदेउपुरका जनप्रतिनिधिलाई खबर गरे । जनप्रतिनिधि मार्फत सशस्त्रको टोलीलाई खबर गरियो । सशस्त्रलाई उक्त खबर शुक्रबार दिउँसो २ बजेपछि मात्रै प्राप्त भयो । चट्याङ लागेर लामो समयदेखि आगो लागेको र जोखिम भएको जानकारी पाएपछि सशस्त्रको टोली आवश्यक सामग्रीसहित टोली घटनास्थलमा पुग्यो । तर फेदबाट टुप्पोसम्म दनदनी बलिरहेको आगो कसरी निभाउने भन्ने अन्योल भयो । 

रूख ढाल्न समय लाग्ने भयो । रूख चढेर आगो निभाउने सम्भावना थिएन । घटनास्थलसम्म दमकल पुर्‍याउने बाटोसमेत थिएन । यता आगोको झिल्का उडेर अन्य मानवीय संरचनामा आगो लाग्ने जोखिम पनि कायमै थियो । सशस्त्र प्रहरीको प्रयासका बावजुत शुक्रवार रुखको आगो नियन्त्रणमा नआएको स्थानीय पत्रकार ज्ञानमणि नेपालले खबरहबलाई जानकारी दिए ।

पत्रकार नेपालका अनुसार शुक्रवार साँझसम्म सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । सशस्त्रले रूख ढाल्न प्रयास गरे पनि औजारको कमीले रूख ढाल्न नसकिएको पत्रकार नेपाल बताउँछन् । शुक्रवार सशस्त्रले जोखिम रहेका रुखका हाँगा झारेर छाडेको थियो । आगो भने निभेको थिएन । त्यसपश्चात् आज शनिवार बिहान हेर्दा आगो पूर्ण रूपमा निभेको पाइएको उनको भनाई छ । 

राती परेको पानीका कारण  ४० घण्टा देखि दन्किएको आगो नियन्त्रणमा आएको छ र लामो समय आगो बलिरहे पनि कुनै मानवीय र अन्य क्षति भने नभएको पत्रकार नेपालले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : २८ बजे

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित