खोपारा लेकमा पर्यटकीय पूर्वाधार निर्माण सुरु « Khabarhub

खोपारा लेकमा पर्यटकीय पूर्वाधार निर्माण सुरु


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ । 

खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । गण्डकी प्रदेश सरकारको २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिए । 

आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समुद्र सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाउद्वार गाउँका मजदुर त्यही बास बसेका छन् । गाउँदेखि आवतजावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताए। 

‘वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन्’, उन भने, ‘हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ ।’ 

गत वर्ष पनि प्रदेश सरकारको २० लाखको बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो । 
 
सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एकयापभित्र० पर्छ । गुराँसको जंगलको बीचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । 

अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ । पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो । 

रासस

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : ४९ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।