वीरगंजमा जसपा नेपालको खबरदारी सभा, परिसंघद्वारा संघर्षका कार्यक्रम सार्वजनिक « Khabarhub

वीरगंजमा जसपा नेपालको खबरदारी सभा, परिसंघद्वारा संघर्षका कार्यक्रम सार्वजनिक


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वीरगंज– जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको छ। शनिबार दिउँसो विरगंजको टाउन हालमा आयोजित सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेका छन् ।

जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रिय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको हो। परिसंघको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको छ।

अवधारणा-पत्र सार्वजनिक

परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधरणा पत्र प्रस्तुत गरेका हुन्।

अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ।

उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ।

कार्यक्रममा जसपा नेपालका सह(अध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबु राउत, कार्यकारिणी समिति सदस्य राजकुमार राई, परिसंघका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवान, मधेश प्रदेका पूर्व मुख्यमन्त्री सरोज यादव लगायत पार्टीका शिर्ष नेतृत्वको सहभागिता रहेको छ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : ०४ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक