ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित « Khabarhub

ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मोरङ – उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई जना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ।

गत बिहीबार राति ड्युटीमा उपस्थित हुनु पर्ने ती कर्मचारीहरू अस्पताल परिसरबाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए।

नियन्त्रणमा परेकामध्येब एक जना कार्यालय सहयोगी र अर्का जना पारा मेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा। रबि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटनाको थप अनुसन्धान भइरहेको छ, व्यवस्थापन समितिको बैठकपछि आवश्यक निर्णय लिइनेछ,’ शाहले जानकारी दिए।

अस्पताल प्रशासनले यस्ता गैरजिम्मेवार गतिविधिप्रति शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै सम्झौता नहुने जनाएको छ।

हाल निलम्बनमा परेका कर्मचारीहरूको नाम गोप्य राखिएको छ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : १० बजे

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित