सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण « Khabarhub

सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाहरूले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायुप्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिन ‘दिगो सहरहरु र समुदायहरु’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायुप्रदूषण सहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको भन्दै चिन्ता जनाए । 

सत्रका वक्ताहरूले जलवायुजन्य विपद्का कारण सहरहरु असुरक्षित रहेको बताएका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताए। 

‘असोजको बाढी नयाँ जलवायुजन्य विनाशकारी घटना हुन्, जनचेताको अभावका कारण पनि विपद्ले क्षति पुगेको छ’, उनले भने, ‘अब दिगो र जलवायुमैत्री पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।’

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिए । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ सहर विकास गर्दा विपद्मैत्री सहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । 

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा. बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा सहरहरुले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताए। सहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उनले आग्रह गरे। 

एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले सहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपद्मैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो सत्रको सहजीकरण गरेका थिए ।

रासस
 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : ५१ बजे

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित