रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएकाले गभर्नर नियुक्तिमा चलखेल भयो : नेता कोइराला « Khabarhub

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएकाले गभर्नर नियुक्तिमा चलखेल भयो : नेता कोइराला


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले गत महिना मात्रै करिव २ खर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको भन्दै रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका व्यक्त गरे। यही कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको हुन सक्ने उनको भनाइ छ ।

कोइरालाले सभापतिसँग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्ति हुने जानकारी गराएकाले आफू ढुक्क रहेपनि देशमा कतै गडबड त भइरहेको छैन भन्ने चिन्ता भने रहेको उल्लेख गरे । उनले संविधानमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने उल्लेख रहेपनि अहिले गभर्नरको विषयमा संविधानलाई मिच्ने काम भएको बताए। 

त्यस्तै कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए । उनले पैसाको लेनदेन गर्ने व्यक्ति जेल जाने र पैसा लिने प्रदेशको सांसदले उन्मुक्ति पाउनु दण्डहिनताको पराकाष्ठ भएको जिकिर गरे ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ०५ बजे

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित