इजरायलद्वारा दश जना प्यालेस्टिनी रिहा « Khabarhub

इजरायलद्वारा दश जना प्यालेस्टिनी रिहा


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ ।

रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित ‘शहीदहरूका अल अक्सा अस्पताल’ पुर्‍याइएको स्थानीय प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीहरूलाई रिहा गर्न र उनीहरूलाई अस्पतालमा स्थानान्तरण गर्न अभियानले सहज बनाएको स्पष्ट पारेको छ ।

साथै, उक्त प्रक्रिया रिहा भएका व्यक्ति र उनीहरूका परिवारहरूबीच पुनः भेटघाट तथा सम्पर्क कायम गर्न पनि सहयोगी भएको जनाइएको छ ।

इजरायली पक्षले गाजा क्षेत्रमा हजारौं महिला, बालबालिका तथा अन्य नागरिकलाई हिरासतमा लिई तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइसकेको बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ४७ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक