प्रधानमन्त्रीसँग जापानका परराष्ट्र उपमन्त्रीको भेट « Khabarhub

प्रधानमन्त्रीसँग जापानका परराष्ट्र उपमन्त्रीको भेट


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी जापानकी परराष्ट्र उपमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। 

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै  बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताए।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ५६ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक