स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रुपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगञ्ज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपी ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । 

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रुपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई  प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

रौतहट, गौर नगरपालिका-१ नगरपालिका कार्यालय अगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा परोहा नगरपालिका-२ बस्ने २० वर्षीय कृष्ण कुमार साह र गौर नगरपालिका-५ बस्ने २० वर्षीय हरिवन कुमार साह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : ४० बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’