पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा यहाँस्थित मर्स्याङ्दी नदीमा जलविहार गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज भानु नगरपालिका–९ बाट बन्दीपुर गाउँपालिका–५ सम्म मर्स्याङ्दी नदीमा जलविहार गरिएको हो ।

मस्र्याङ्दी नदीमा जलविहारको सम्भावना रहनुका साथै यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले नगरसँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको व्यवस्था मिलाइएको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष धनपति अधिकारीले बताए। 

उनले भने, ‘पत्रकारहरूले यस क्षेत्रमा जलविहारको सम्भावनाबारे सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने भएकाले यसले भानुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’

जलविहारमा सहभागी पत्रकार किरण श्रेष्ठले मर्स्याङ्दी नदी जलविहारका लागि सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे।

त्यसअघि भानु–९ स्थित चितीखोला होमस्टे (घरबास)मा पर्यटन विकास तथा मर्स्याङ्दी नदीमा साहसिक जलयात्रा प्रवर्द्धन कार्यक्रम सम्बन्धी अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पर्यटन प्रबर्द्धन र पर्यटकीय गन्तव्यको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएको बताए। पर्यटन प्रवर्द्धनका लागि सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले पत्रकारहरूले यस क्षेत्रको प्रचारप्रसारमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।  
 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ७ : १० बजे

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका