कांग्रेसले भन्यो : माओवादी केन्द्रसँग सहकार्यको कुनै योजना छैन « Khabarhub

कांग्रेसले भन्यो : माओवादी केन्द्रसँग सहकार्यको कुनै योजना छैन


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै योजना नरहेको प्रष्ट पारेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै पनि योजना नरहेको प्रष्टीकरण दिएका हुन् ।

‘माओवादीसँग गठबनधन गरेर जाने भन्ने कुनै पनि योजना र एजेन्डा छैन । प्रतिपक्षी दलका नेताहरूसँग भेटघाट, कुराकानी, फोन संवाद त हुन्छ नै,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवासँग गरेको टेलिफोन वार्ताबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो कुरालाई सामान्य अर्थमा लिनुपर्छ । सरकार परिवर्तनका विषयमा कुनै पनि सोच र योजना कांग्रेसले राखेको छैन ।’

प्रमुख सचेतक घिमिरेले बजेटलगायतका विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताए । ‘सांसदहरूले बजेटलगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो,’ उनले भने, ‘धैर्यतापूर्वक सहभागिता जनाउनुभयो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा सबैलाई समानता हुनुप¥यो भन्ने कुराहरू उठे । क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुप¥यो भन्ने कुरा पनि उठे ।’

घिमिरेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले पनि बैठकमा प्रवेश पाएको जानकारी दिए । ‘गर्भनरको कुरा पनि उठ्यो,’ उनले भने, ‘संयुक्त सरकारमा हाम्रो पोजिसन के छ भन्ने कुराहरू पनि आए ।’

बैठकमा केही सांसदहरूले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतविरुद्ध दायर भएको मुद्दा र सांसद माया राई पक्राउको विषयमा पनि कुरा उठेको थियो ।

‘सांसद मोहनबहादुर बस्नेत र माया राईको कुरा पनि बैठकमा सांसदहरूले उठाउनुभयो । यस विषयमा सभापतिज्यूले जवाफ दिनुभयो,’ प्रमुख सचेतक घिमिरेले भने, ‘राजनीतिमा यस्तै हुन्छ । हामी पनि जेल बसेरै आएका हौँ । थुनामा बसेर आएका हौँ भन्ने कुरा उहाँले राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनुहुँदैन, हामी पनि बसेर आएका हौँ ।’

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : २९ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक