भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ ।

बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आइसियू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जानकारी दिए ।

क्यान्सर अस्पतालमा दैनिक एक हजार जना बिरामी बहिरङ्ग सेवा (ओपिडी) का लागि आउने गरेको बताउँदै उनले १३० शय्यामा सञ्चालन अस्पताल हाल आधा घण्टाका लागिसमेत शय्या खाली नहुने अवस्था आएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत तजेलले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि एक महिनादेखि १४ वर्षमुनिका बच्चालाई निःशुल्क उपचार, केमोथेरापीसहितको निःशुल्क औषधि वितरण भइरहेको जानकारी दिँदै एक वर्षमा १५० जना क्यान्सर रोग लागेका बालबालिकाको उपचार भएको बताए।

अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेले बाल क्यान्सर बढ्दो अवस्थामा रहेका र हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका क्यान्सरको बहिरङ्ग सेवा लिन आउने गरेको बताए । उनले बाल क्यान्सरका बिरामी राख्ने ठाउँ नभएर छुट्टै वार्ड सञ्चालनमा ल्याउनु परेको बताए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : ४४ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्