नापतौलमा अनियमितता गर्नेलाई कारबाही « Khabarhub

नापतौलमा अनियमितता गर्नेलाई कारबाही


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा अवैध रूपमा र इजाजत नलिएर नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।

कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुसी जथाभावी ढक तथा तराजु, डिजिटल नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ ।

चालु आवको साउनदेखि वैशाख मसान्तसम्म गरिएको अनुगमनमा नापतौल यन्त्रको प्रयोगमा पाइएको कैफियतका आधारमा कारबाही तथा जरिवाना गरिएको कार्यालयका प्रमुख सुनिल यादवले बताए । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले १० महिनामा आठ सय ८१ नयाँ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि इजाजत प्रदान गरेको उनले जानकारी दिए ।

सो अवधिमा दुई हजार ३७२ व्यवसायीको नापतौल यन्त्रको जाँच गर्नुका साथै सर्लाही, महोत्तरी र रामेछापमा नापतौल यन्त्रको प्रयोगको अवस्था, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक जानकारी दिइएको प्रमुख यादवले उल्लेख गरे ।

उक्त अवधिमा कार्यालयले एकल अनुगमन २९, व्यावसायिक फार्मको अनुगमन दुई सय ७२ पटक तथा संयुक्त अनुगमन १८ र व्यावसायिक फार्मको अनुगमन चार सय ९९ पटक गरी विभिन्न शीर्षकबाट रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन गरेको जनाएको छ ।

गत आवको सोही अवधिमा एक हजार ९७५ उद्योगी तथा व्यावसायिक फार्मको नापतौल यन्त्रको जाँच, तीन ३७८ व्यावसायिक फार्मलाई नयाँ नापतौल इजाजतपत्र प्रदान, एक हजार ३९० व्यावसायिक फार्मलाई कारबाही गरिएको जनाउँदै प्रमुख यादवले सो अवधिमा विभिन्न शीषर्कबाट रु ३० लाख ६३ हजार २४४ राजस्व सङ्कलन गरिएको उल्लेख गरे ।

पाँच जिल्ला कारोबार रहेको कार्यालयसँग आफ्नो भवन नभएकाले साँघुरो भाडाको घरबाट काम गर्नु परेको, अनुगमनका लागि सवारीसाधनको सुविधा नभएको, कार्यालय सञ्चालनका लागि बजेट अभाव रहेको कार्यालय प्रमुख यादवले गुनासो गरे ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ८ : ५६ बजे

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा