आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’ « Khabarhub

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ बृहत् खुला सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ ।

सन्त निरङ्कारी मिसन नेपालको आयोजनामा नमूना मच्छिन्द्र माध्यमिक विद्यालय प्राङ्गण, लगनखेलमा भएको कार्यक्रममा वक्ताहरूले विश्व बन्धुत्व, शान्ति, प्रेम र मानव एकताका लागि आध्यात्मिक मार्ग निर्विकल्प रहेको जिकिर गरे ।

कार्यक्रमका प्रमुख वक्ता एवं ज्ञान प्रचारक महात्मा रविन्दर बडोनीले मानव समाज विभिन्न धर्म, सम्प्रदाय, जातजाति र पहिचानका नाममा निर्मित पर्खालले घेरिएको भन्दै पर्खालरहित संसार बनाउन आध्यात्मिक ज्ञान र चेतना अपरिहार्य रहेकामा जोड दिए । सन्त निरङ्कारी मिसन यही अभियानसहित मानव कल्याण र बन्धुत्वको सन्देश फैलाउन लागिरहेको भन्दै उनले कुनै पनि धर्मले तोड्ने नभई हरेक मानव समाजलाई जोड्नुपर्ने धारणा राखे ।

“धर्मको काम जोड्ने हो, परोपकार र मानव कल्याणका खातिर योगदान गर्ने हो । हाम्रा सबै अग्रज, धर्मग्रन्धले पनि परोपकार नै परमोधर्म भनेका छन्”, महात्मा बडोनीले भने, “त्यसविपरीत हामी भने प्रथा, परम्परा, धर्म, संस्कृतिका नाममा पर्खाल बनाइरहेका छौँ । मानवदेखि मानवलाई टाढा बनाइरहेका छौँ । अरूको अधोगतिमा आफ्नो हित देखिरहेका छौँ । यसैविरुद्ध आध्यात्मिक ज्ञान जरुरी छ, जो काम हाम्रो मिसनले गरिरहेको छ ।”

प्रतिनिधिसभा सांसद रञ्जु झा ठाकुरले पछिल्लो समय हरेक मानिसले शान्ति र प्रेमको कामना गरिरहे पनि सोअनुसारको मार्ग नअपनाउँदा समस्या भइरहेको बताए । उनले ब्रह्मको प्राप्ति नै सबै प्रकारका भ्रम समाप्तिको आधार भएकाले हरेक मान्छेले आध्यात्म र ज्ञानको मार्ग रोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मिसनका नेपाल उपाध्यक्ष कृष्णबहादुर पन्त, सचिव अनिल महर्जन, काठमाडौँ क्षेत्रका क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, महात्मा ध्रुव अधिकारी, भरत वड, राधव ठाकुरलगायतले प्रवचन र भजनमार्फत सत्सङ्ग, मानव कल्याण, सामाजिक उत्तरदायित्व र ब्रह्म ज्ञानका विषयमा चर्चा गरे ।

मिसनका तत्कालीन प्रमुख निरङ्कारी बाबा हरदेव सिंहको सन् २०१६ मे १३ का दिन निधन भएको सन्दर्भ पारेर हरेक वर्ष ‘समर्पण दिवस’ मनाइने गरिएको छ । दिवसका सन्दर्भमा नेपाल र भारतलगायत विश्वभर रहेका उनका अनुयायीले यस्तै विविध कार्यक्रम गरी स्मरण गर्ने गरेका महात्मा धु्रव अधिकारीले जानकारी दिए ।

आजको कार्यक्रममा ललितपुर महानगरपालिका–२९ का वडाध्यक्ष गणेशकुमार महर्जन, विभिन्न सामाजिक तथा आध्यात्मिक संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ९ : ३९ बजे

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै