बाजुराको छेडेदह ताल किनारमा खेल प्रशिक्षण « Khabarhub

बाजुराको छेडेदह ताल किनारमा खेल प्रशिक्षण


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल प्रशिक्षण तथा सेमिनार गरिएको छ । प्रकृति र खेल जीवनलाई जोड्न र तालको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यले ताल किनारमा कार्यक्रम आयोजना गरिएको प्रशिक्षक नरेन्द्र बहादुर ओलीले जानकारी दिए ।

एकदिने कार्यक्रममा ताल किनारमै कराते, तेक्वान्दो र किकबक्सीङ विधाको प्रशिक्षण गरिएको हो । पालिका खेलकुद विकास शाखाको संयोजन तथा खेल प्रशिक्षक ओलीको सक्रियतामा कार्यक्रम आयोजना गरिएको हो ।

ताल किनारमा खेल प्रशिक्षण दिने र खुला सेमिनार सञ्चालन गर्ने अभ्यास नौलो रहेको प्रशिक्षक ओलीले बताए । उनले भने, ‘म तीन दशक बढी भारत बसेँ, ठूला प्रशिक्षण तथा सेमिनार आयोजना गरियो, त्यसको संयोजन समेत मैले नै गरेको हो, तर प्रकृतिको काखमा जाने, प्रशिक्षण दिने अभ्यास यो नै पहिलो हो ।

तालको संरक्षण र प्रवर्द्धनमा पनि टेवा पुग्ने, संरक्षण अभावमा रहेको तालको सुधार र प्रवर्द्धनमा समेत दबाब पुग्ने र खेलाडीले प्रकृतिसँग रमाउने अवसर पनि पाउने भएकाले छेडेदहमा कार्यक्रम आयोजना गरिएको ओलीको भनाइ छ ।

ओली राष्ट्रिय गोजुरियो कराते दो संघ  नेपालका केन्द्रीय कोषाध्यक्ष तथा बाजुरा जिल्लाका प्रमुख प्रशिक्षक र मार्सल आर्ट अन्तर्राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री हुन् ।

खेलाडीलाई ताल किनारमै प्रशिक्षण दिने, खेल क्षेत्रको विकास बारे समीक्षा गरिने कुराले राम्रो सन्देश गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले बताए । हाल पालिका भरिका ४ सय ५० बढी विद्यार्थी खेलमा आवद्ध छन् ।

प्रशिक्षणमा पालिका भित्र रहेका नौ वटै माध्यामिक विद्यालयका विद्यार्थी सहभागि थिए । पालिकामा हाल खेल शिक्षक राखिसकेपछि मार्सल आर्ट, कराते, तेक्वान्दो र किक बक्सिङ विधाका खेलहरूमा उल्लेख्य प्रगति भइरहेको पालिका अध्यक्ष दिलबहादुर रावतले बताए ।

खेलमा कक्षा ४ देखि माथिका विद्यार्थी सहभागि छन् भने ७ देखि १८ वर्ष उमेर समूहका बालबालिकाले खेल सिकाइरहेको पालिका खेलकुद तथा शिक्षा शाखाले जनाएको छ । खेल क्षेत्रमा खप्तड छेडेदह गाउँपालिकाले राम्रो प्रगति गरेको उपाध्यक्ष बीसुदेवी नाथले बताइन् ।

भारतको झारखण्डमा बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको प्रतियोगितामा नेपाल पहिलो हुँदा भारत दोस्रो, मलेसिया तेस्रो र भुटान चौथो भएका थिए । बाजुराबाट प्रशिक्षक नरेन्द्र ओलीले नै टोलीको कमाण्ड गरेर लिएका थिए । 

कुल ९२ पदका लागि भएको खेलमा नेपाल एक्लैले ५४ पदक हात पारेको थियो । जसमा बाजुरा एक्लैले १२ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो । खेलमा खप्तड छेडेदह गाउँपालिकाका खेलाडी मात्रै सहभागि थिए । ओलीले दक्षिण एसियाली खेलमा उत्कृष्ट रेफ्री अवार्ड पनि पाएका थिए ।

छेडेदह बाजुरा जिल्लाकै ठूलो ताल हो । यहाँको प्रमुख पर्यटकीय क्षेत्रमा रुपमा रहेको ताल लगानी र सरकारी बेवास्ताले संरक्षण र प्रवद्र्धन अभावमा छ । लभ अर्थात प्रेम तालका रुपमा परिचित ताल घुम्न प्राय जोडिहरु जाने गरेका छन् ।

निमको पात अर्थात लभ साइनमा रहेको ताल खप्तड छेडेदह गाउँपालिका ४, ५ र ७ को बीचमा छ । बाजुरा, अछाम र बझाङका लागि छेडेदह परिचित ताल हो । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ३८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित