म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प « Khabarhub

म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित युद्धविरामसँग ‘कुनै सम्बन्ध नभएको’ भन्दै फ्रान्सका राष्ट्रपतिले अन्यथा सुझाव दिनु ‘गलत’ भएको बताएका छन् ।

“प्रचार खोज्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इजरायल र इरानबीचको ‘युद्धविराम’ मा काम गर्न म क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट वासिङ्टन डिसीमा फर्किन गएको कुरा गलत रूपमा भन्नुभयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “गलत ! उहाँलाई थाहा छैन किन म अहिले वासिङ्टन जाँदैछु, तर यसको निश्चित रूपमा युद्धविरामसँग कुनै सम्बन्ध छैन । त्योभन्दा धेरै ठूलो कुरा हो । जानाजानी होस् वा होइन, इमानुएलले सधैँ यसलाई गलत ठान्नुहुन्छ । प्रतीक्षा गर्नुहोस् !”

म्याक्रोंले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक सम्झौता गर्न तयार रहेको सुझाव दिएका थिए । “बैठक र छलफलको प्रस्ताव आएको थियो”, म्याक्रोनले जी–७ शिखर सम्मेलनको साइडलाइनमा पत्रकारहरूलाई भने, “यदि संयुक्त राज्य अमेरिकाले युद्धविराम ल्याउन सक्छ भने, यो धेरै राम्रो कुरा हो ।”

अमेरिकी साझेदार इजरायल र इरानले लगातार पाँचौँ दिन गोलाबारी गरेपछि ट्रम्प जी–७ सम्मेलनबाट एक दिनअघि नै प्रस्थान गरेका थिए । औद्योगिक प्रजातन्त्रका नेताहरूले सोमबार इजरायल–इरान द्वन्द्वबाट सुरु गरेर मध्यपूर्वमा ‘तनाव कम गर्न’ आह्वान गर्दै इजरायललाई ‘आफ्नो रक्षा गर्ने अधिकार छ’ र दुवै पक्षका नागरिकहरूको सुरक्षा गर्न आवश्यक छ भनी जोड दिएका छन् ।

आफ्नो प्रस्थानअघि जी–७ नेताहरूसँग सामूहिक फोटो खिच्ने क्रममा ट्रम्पले भने, “म सकेसम्म चाँडो फर्कनुपर्छ । मेरो इच्छा छ कि म भोलिसम्म रहन सक्थेँ, तर उनीहरूले बुझ्छन्, यो ठूलो कुरा हो ।”

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : १४ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६